दफा ३९
ढुवानीको लागि मालसामान स्वीकार गर्ने
(१) प्रचलित कानून बमोजिम ढुवानीको लागि निषेध गरिएको बाहेकका अन्य मालसामान वा वस्तु स्टेशन प्रमुखले ढुवानीको लागि स्वीकार गर्न सक्नेछ।

(२) उपदफा (१) बमोजिम ढुवानीको लागि मालसामान स्वीकार गरेपछि बोर्डद्वारा निर्धारित ढाँचामा रेल्वे रसिद दिनु पर्नेछ।

(३)-उपदफा (२) बमोजिमको रेल्वे रसिदमा देहायका कुरा समेत उल्लेख गर्नु पर्नेछ:-

(क) प्रेषकको पूरा नाम, थर, ठेगाना र सम्पर्क नम्बर,

(ख) मालसामानको विवरण, (ग) मालसामानको तौल र तौल खुल्न नसकेमा अन्य

जानकारी,

(घ) वागन लोडभन्दा घटी भएको मालसामानको

हकमा प्याकेजको सङ्ख्या र प्याकिङ्गको विवरण,

(ङ) विवरणपत्रसँग संलग्न गरिएका कागजातको

फेहरिस्त,

(च) गन्तव्य स्टेशनको नाम,

(छ) प्रापकको पूरा नाम, ८ थर; ठेगाना र सम्पर्क

नम्बर, र

(ज) अन्य आवश्यक कुराहरू।

(४) मालसामानको ढुवानीका लागि आवश्यकता अनुसार एउटै वा छुट्टाछुट्टै रेल्वे रसिद जारी गर्न सकिनेछ।